भाषा आयोगका सदस्य पनि रहेका मानन्धरलाई सोमबार हृदयघात भएपछि शिक्षण अस्पतालको मनमोहन कार्डियाक सेन्टर लगिएको थियो । अस्पताल लगिएको केही समयमै चिकित्सकले निधन भएको घोषणा गरेका थिए ।
काठमाडौँ — नेपाल भाषा पत्रकार तथा साहित्यकार किरण मानन्धरको निधन भएको छ । उनी ५९ वर्षका थिए ।
भाषा आयोगका सदस्य पनि रहेका मानन्धरलाई सोमबार हृदयघात भएपछि शिक्षण अस्पतालको मनमोहन कार्डियाक सेन्टर लगिएको थियो । अस्पताल लगिएको केही समयमै चिकित्सकले निधन भएको घोषणा गरेका थिए ।
पञ्चायतकालीन समयमा नेपाल भाषाको इनाप साप्ताहिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका मानन्धरले नेपाल भाषा टाइम्सको सम्पादकका रूपमा तीन दशक भन्दा लामो समय काम गरेका थिए ।
उनले नेपाल भाषा र नेपाल संवत्सँगै संस्कृतिबारे लामो समयदेखि लेख्दै आएका छन् । नेपाल भाषाका आधुनिक कवि पनि रहेका मानन्धरको एक कवितासंग्रह पनि प्रकाशित रहेको छ । उनको परिवारमा श्रीमती र दुई छोरा रहेका छन् ।