भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको अग्रता 

भक्तपुरको दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता देखिएको छ । भक्तपुर १ मा रास्वपाका रुकेश रन्जितले ३ हजार ४ सय ५२ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले १ हजार ९ सय ८२ मत पाएका छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

RSVP leads in both constituencies of Bhaktapur

काठमाडौँ — भक्तपुरको दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता देखिएको छ । भक्तपुर १ मा रास्वपाका रुकेश रन्जितले ३ हजार ४ सय ५२ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले १ हजार ९ सय ८२ मत पाएका छन् । 

नेपाली कांग्रेसका किरण न्यौपानेले ५ सय २९ मत प्राप्त गरेका छन् । भक्तपुर २ मा रास्वपाका राजीव खत्रीले अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका महेश बस्नेतले पछ्याइरहेका निर्वाचन आयोगले जनाएको छ । 

कान्तिपुर

Link copied successfully