चुनावका दिन हवाई यात्रुलाई पर्यटन बोर्डको निःशुल्क सटल बस

प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै नेपाल पर्यटन बोर्डले बिहीबारका दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूका लागि निःशुल्क सटल बस सेवाको व्यवस्था गर्ने भएको हो ।

फाल्गुन १९, २०८२

कान्तिपुर संवाददाता

Nepal Tourism Board to provide free shuttle bus to air passengers on election day

What you should know

काठमाडौँ — प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै नेपाल पर्यटन बोर्डले बिहीबारका दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूका लागि निःशुल्क सटल बस सेवाको व्यवस्था गर्ने भएको छ । 

उक्त सेवा बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं उपत्यकाका प्रमुख होटल तथा पर्यटन क्षेत्रहरूबीच सञ्चालन हुनेछ । 

सेवा तीनवटा तोकिएका परिक्रमा मार्गहरूमा सञ्चालन हुनेछ: रुट १ अन्तर्गत नेपाल एअरलाइन्स–नयाँ सडक–कान्तिपथ–ठमेल–लैनचौर–होटल मल्ल–नयाबजार–होटल शंकर–र्याडिसन–दरबारमार्ग–याक एण्ड यति–नक्साल (नागपोखरी)–गौशाला–बत्तीसपुतली (द्वारिका होटल)–विमानस्थल; रुट २ अन्तर्गत महाराजगञ्ज–नारायणथान–धुम्बाराही (रामादा)–चाबहिल–बौद्ध (हायात रेजेन्सी)–जोरपाटी–गौशाला–विमानस्थल; तथा रुट ३ अन्तर्गत कुपन्डोल–हिमालयन होटल–त्रिपुरेश्वर–कालिमाटी–सोल्टी–कलंकी–एकान्तकुना–सातदोबाटो–ग्वार्को (रोयल ट्युलिप)–टिकुने–नयाँ बानेश्वर–एभरेस्ट होटल–विमानस्थल, र प्रत्येक बसले सोही रुट पुनः दोहोर्‍याउँदै सेवा प्रदान गर्नेछ ।

सेवा सञ्चालनका दिन रुटसम्बन्धी अद्यावधिक जानकारीका लागि सम्बन्धित रुटका सम्पर्क व्यक्तिसँग सम्पर्क गर्न अनुरोध गरिएको छ । 

Nepal Tourism Board to provide free shuttle bus to air passengers on election day

निर्वाचन अवधिभर पर्यटकहरूको आवागमनमा कुनै असुविधा नहोस् भन्ने उद्देश्यले बोर्डले आवश्यक व्यवस्थापन गरेको छ र अन्तर्राष्ट्रिय उडानहरू नियमित रूपमा सञ्चालन भइरहने जनाएको छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले भने, 'नेपाल पर्यटन बोर्डले विगत २७ वर्षदेखि आवश्यक परेका बेला ट्राफिक जटिल वा बन्द हड्तालका दिनहरूमा पर्यटक सटल बस सेवा सञ्चालन गर्दै आएको छ, र यसपटकको व्यवस्था पनि सोही निरन्तरता हो । राष्ट्रिय महत्त्वका कार्यक्रमहरू भइरहेका बेला पनि पर्यटकहरूको सुरक्षित, सहज र अविच्छिन्न यात्रा अनुभव सुनिश्चित गर्नु हाम्रो प्राथमिकता हो । नेपाल सधैं खुल्ला, सुरक्षित र स्वागतयोग्य गन्तव्य हो, र हामी हाम्रा पाहुनाहरूलाई आवश्यक सहयोग गर्न सधैं तयार छौं ।'

कान्तिपुर

Link copied successfully