१५ वर्षीय अनुराग ‘युवा समाजको दरारहरू सुधार गर्नुहोस्’ शीर्षकको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत १० देखि १५ वर्ष उमेर समूहको प्रतिस्पर्धामा तेस्रो भएका थिए ।
काठमाडौँ — सन् २०२५ को भ्रष्टाचारविरोधी सामाजिक विज्ञापनका लागि अन्तर्राष्ट्रिय युवा प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका नेपालका अनुराग पंगेनीलाई काठमाडौंस्थित रसियन दूतावासले सम्मान गरेको छ ।
बिहीबार दूतावासमा आयोजित रुसी दूतावासले मेडल प्रदान गरी सम्मान गरेको हो । १५ वर्षीय अनुराग ‘युवा समाजको दरारहरू सुधार गर्नुहोस्’ शीर्षकको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत १० देखि १५ वर्ष उमेर समूहको प्रतिस्पर्धामा तेस्रो भएका थिए ।
अनुरागको पोस्टर युवाहरूमाझ इमानदारी, जवाफदेहिता र सामाजिक जिम्मेवारीलाई प्रवर्धन गर्ने शक्तिशाली सन्देश र रचनात्मक अभिव्यक्तिका लागि अन्तर्राष्ट्रिय प्रविष्टिहरूमध्ये एक रहेको भन्दै रुसी दूतावासले भ्रष्टाचारविरुद्धको विश्वव्यापी लडाइँमा अर्थपूर्ण योगदान र युवा नेतृत्वको सामाजिक संलग्नताको प्रेरणादायी उदाहरण भएको बताएको छ ।
आयोजकको तर्फबाट उपलब्ध मेडल प्रदान गर्दै रुसी दूतावासका मिनिस्टर काउन्सिलर रिन्चेन राशेभले अनुरागलाई आगामी दिनमा पनि सिर्जनसिल भएर अघि बढ्न सुझाव दिए । भ्रष्टाचारविरुद्धको अनुरागले बनाएको पोष्टर विश्वकै युवाहरुका लागि प्रेरणाको स्रोत भएको उनले बताए ।
