उत्कृष्ठ काम गर्ने काठमाडौंका तीन प्रहरी अधिकृत पुरस्कृत

प्रदर्शन, बन्द–हडताल नियन्त्रणका साथै प्रहरी वृत्तलाई स्थायी रूपमा उपयोग गर्ने गरी जग्गा प्राप्तिमा भूमिका निर्वाह गर्ने अधिकृत पुरस्कृत भएका हुन् ।

फाल्गुन ९, २०८२

कान्तिपुर संवाददाता

Three Kathmandu police officers awarded for outstanding work

काठमाडौँ — उत्कृष्ट कार्यसम्पादन गर्ने काठमाडौंमा कार्यरत तीन प्रहरी अधिकृत पुरस्कृत भएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी उपरीक्षक पवनकुमार भट्टराई र प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीलाई उपत्यकामा हुने विभिन्न विरोध, प्रदर्शन, बन्द–हडताल, मेला–पर्व तथा खेलकुद लगायतका गतिविधिको व्यवस्थापन र नियन्त्रणमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पुरस्कृत गरेको हो ।

त्यसैगरी, प्रहरी वृत्त सिंहदरबारलाई ३१७५.१९ वर्ग मिटर जग्गा स्थायी रूपमा उपयोग गर्ने गरी जग्गा प्राप्ति तथा पूर्वाधार विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेकामा वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक जनार्दन घिमिरेलाई पनि पुरस्कृत गरिएको छ । उत्कृष्ट कार्यले अन्य प्रहरी कर्मचारीको मनोबल उच्च राख्न र कार्यप्रेरणा बढाउन सहयोग पुग्ने विश्वासका साथ पुरस्कार प्रदान गरिएको कार्यालयले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully