५० वटा बोरामा भेटिएको सुपारीको तौल १ हजार किलोग्राम छ ।
काठमाडौँ — प्रहरीले बिल–बिजकबिनाको भन्सार छलीको ५० बोरा सुपारीसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
नागार्जुन नगरपालिका–४ सीतापाइलास्थित सडक खण्डमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ठूलो परिमाणमा बिल–बिजकबिनाको सुपारी फेला परेको हो ।
गल्छी गाउँपालिका-२, धादिङ बस्ने वर्ष २२ का रामशरण बिसुन्केले चलाएको बा.प्र. ०२-०२५ च ०३९७ नम्बरको गाडीबाट ५० बोरा सुपारी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । उनका अनुसार ५० वटा बोरामा भेटिएको सुपारीको तौल १ हजार किलोग्राम छ । जसको बजार मूल्य ४ लाख बराबर हुन्छ ।
बरामद सामान र सम्बन्धित व्यक्तिलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको एसएसपी थापाले जानकारी दिए ।
