बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अनधिकृत प्रवेश निषेध

बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा काठमाडौं महानगरसहित २४ स्थानीय तहको फोहरमैलाको अन्तिम व्यवस्थापन हुने गर्छ ।

फाल्गुन ८, २०८२

कान्तिपुर संवाददाता

Unauthorized entry prohibited at Bancharedanda landfill site

काठमाडौँ — काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले नुवाकोटस्थित बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा अनधिकृत व्यक्तिहरूलाई प्रवेश निषेध गरेको छ । 

फोहोरमैला विसर्जन स्थलमा फोहोरमैला/कवाडी टिप्ने अनधिकृत संकलनकर्ता तथा अन्य अनधिकृत व्यक्तिहरूको प्रवेशले स्वास्थ्य तथा मानवीय जोखिम सिर्जना हुने अवस्था सृजना भएपछि महानगरले अनधिकृत व्यक्तिलाई प्रवेश निषेध गरेको हो 

बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा काठमाडौं महानगरसहित २४ स्थानीय तहको फोहरमैलाको अन्तिम व्यवस्थापन हुने गर्छ । फोहोरमैला विसर्जनको क्रममा दैनिक प्रयोग हुने हेभी सवारी साधन (डोजर, एक्साभेटर, लोडर, जेट, ट्रिपर आदि) निरन्तर चलायमान हुने हुँदा अनधिकृत व्यक्तिहरूको उपस्थितिले दुर्घटना निम्त्याउन सक्ने भएकोले आजैदेखि ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश पूर्ण रूपमा निषेध गरेको महानगरले जनाएको छ । जबरजस्ती प्रवेश गर्न खोजे प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि महानगरले दिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully