निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ३ गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमनको क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले यस्तो धारणा व्यक्त गरेका हुन् ।

फाल्गुन ७, २०८२

कान्तिपुर संवाददाता

Elections will be held in a peaceful and fear-free environment: Home Minister Aryal

काठमाडौं — गृहमन्त्री ओमप्रकाश अर्यालले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् ।

बुधबार निर्वाचनको तयारीसम्बन्धी विषयमा काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ३ गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमनको क्रममा गृहमन्त्री अर्यालले यस्तो धारणा व्यक्त गरेका हुन् । 

गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरहरूबाट सचेत भई आ-आफ्नो निर्वाचन क्षेत्रको तयारीमा लाग्दै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न लागि पर्न निर्वाचन अधिकारीलाई निर्देशनसमेत दिएका छन् । उनको साथमा गृहसचिव राजकुमार श्रेष्ठ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौं प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालगायत पनि थिए । सो क्रममा गृहमन्त्री अर्यालसहितको टोलीले गोकर्णेश्वर माविमा रहेको मतदान केन्द्र र ओख्रेनी मावि, सुन्दरीजलमा रहेको मतदान केन्द्रको स्थलगत अनुगमन गरेका थिए । 

गृहमन्त्री अर्यालले गोकर्णेश्वर नगरपालिका-४ मा रहेको निर्वाचन अधिकृतको कार्यालयको समेत निरीक्षण गरेका थिए । 

कान्तिपुर

Link copied successfully