नागढुंगाबाट चाँदीका दाना बरामद

करिब १२ लाख रुपैयाँबराबरको चाँदी बरामद

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

Silver grains recovered from Nagdhunga

काठमाडौँ — नागढुंगा चेक प्वाइन्टमा प्रहरीले यात्रु बसबाट करिब ३ केजी चाँदी बरामद गरेको छ। सोमबार वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र. ०१–००६ ख ५५२९ नम्बरको यात्रुवाहक बस जाँच गर्ने क्रममा चाँदी बरामद गरिएको हो ।

पर्साको फेटा गाउँपालिका–६ बस्ने १७ वर्षीय आशु श्राफको साथबाट कालो झोलामा लुकाइल्याएको चाँदी फेला परेको हो । 

काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार बरामद चाँदीको मूल्य बाह्र लाख चौध हजार पाँच सय रुपैयाँ बराबर हुन्छ । 

बरामद सामग्री आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।

कान्तिपुर

Link copied successfully