दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति 

काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले उनलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाउन अनुमति पाएको बताए ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

Police granted permission to detain Durga Prasai for four days

काठमाडौँ — राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई कम्तीमा चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निर्वाचनका बेला अफवाह फैलाएर शान्ति सुरक्षाविरुद्धको कसुर गरेको भन्दै अनुसन्धानका लागि प्रसाईलाई हिरासतमा राख्न अनुमति दिएको हो । 

काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले उनलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाउन अनुमति पाएको बताए । प्रहरीले सोमबार बेलुकी उनलाई थिमिबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर, काठमाडौं ल्याएको थियो । 

यसअघि पनि प्रहरीले प्रसाईंलाई अफवाह फैलाएको कसुरमा पक्राउ गरेको थियो । तर, उनी पछि हाजिर जमानतमा छुटेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully