पैदलायात्रीलाई मुक्का हान्ने कार चालक पक्राउ

पैदलयात्रीलाई मुक्का हान्ने पारस बम पक्राउ परेका हुन्

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

Car driver arrested for punching pedestrian

काठमाडौँ — पैदलयात्रीलाई मुक्का हान्ने कारचालक पक्राउ परेका छन् । काठमाडौंको चप्पल कारखानानजिक एक कारचालकले पैदलयात्रीमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले पारस बमलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बमलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे । 

काठमाडौंको चप्पल कारखाना नजिक एक कार चालकले पैदलयात्रुमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

भिडियोमा चालकले गाडीबाट झरेर पैदलयात्रीलाई मुक्का प्रहार गरेको दृश्य देखिन्छ। उनीसँगै गाडीबाट झरेर एक महिलाले पनि  पैदलयात्रीलाई कराएको दृश्य छ । 

कान्तिपुर

Link copied successfully