काठमाडौंका सबै ११ स्थानीय तहमा मतदाता शिक्षा अभियान सुरु

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी ठाकुर भट्टराईका अनुसार १७ फागुनसम्म मतदाता शिक्षा अभियना जारी रहनेछ ।

फाल्गुन ३, २०८२

रासस

Voter education campaign launched in all 11 local levels of Kathmandu

काठमाडौं — काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८ वडामा मतदाता शिक्षा अभियान सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले हरेक वडामा मतदाता शिक्षा दिन एकजना स्वयंसेवक परिचालन गरेको छ ।

कार्यालयका निर्वाचन अधिकारी ठाकुर भट्टराईका अनुसार यही फागुन १७ गतेसम्म सञ्चालन गरिने छ । स्वयंसेवकहरू प्रत्येक मतादाताका घरआँगनमा पुगेर सही ढङ्गले मतदान गर्न सिकाउने छन् ।

आम नागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले निर्वाचन आयोगले देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एकएक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको हो ।

रासस

Link copied successfully