प्रहरी हुँ, पक्राउ परेका छोरा छुटाइदिने भन्दै पाँच लाख ठगी गर्ने थापा पक्राउ 

दाफुरी शेर्पालाई छुटाइदिने प्रलोभन देखाएर उनकी आमासँग पाँच लाख रुपैयाँ लिइ दिपक थापा फरार भएका थिए ।

माघ २६, २०८२

कान्तिपुर संवाददाता

Thapa arrested for defrauding 500,000 rupees by claiming to be a police officer, freeing his arrested son

काठमाडौँ — आफू प्रहरी भएको र पाँच लाख दिए पक्राउ रहेका छोरा छुटाउन सक्ने भन्दै ठगी गर्ने दिपक थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हुण्डी कारोबारसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका दावा भन्ने दाफुरी शेर्पालाई छुटाइदिने प्रलोभनमा थापाले उनकी आमासँग पाँच लाख रुपैयाँ लिइ फरार भएका थिए ।

नुवाकोटको  लिखु गाउँपालिका–१ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–८ नेपालटार बस्दै आएका ४० वर्षीय थापालाई पक्राउ गरेर  काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully