भक्तपुरमा भोलिदेखि एचभीपी खोप लगाइँदै

स्कुलबाहिर रहेका एक सय ६३ किशोरीलाई ४ र ५ फागुनमा यो खोप लगाउने कार्यक्रम छ ।

माघ २५, २०८२

सुन्दर शिल्पकार

HPV vaccination being administered in Bhaktapur from tomorrow

भक्तपुर — जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले भोलिदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचभीपी खोप अभियान सञ्चालन गर्ने भएको छ ।

भोलिदेखि १ फागुनसम्म  ६ कक्षामा अध्ययनरत तीन हजार आठ सय ९४ किशोरीलाई एचभीपी खोप लगाउने अभियान सुरु हुने कार्यालयका प्रमुख अन्जना खड्काले जानकारी दिइन् । 

यस्तै, स्कुलबाहिर रहेका एक सय ६३ किशोरीलाई ४ र ५ फागुनमा यो खोप लगाउने कार्यक्रम छ । आइतबार संचारकर्मीहरूसँगको अन्तरक्रियामा कार्यालय प्रमुख खड्काले गत वर्ष भक्तपुरमा ९४ प्रतिशत किशोरीहरूमा प्रभावकारी रूपमा यो खोप लगाएको जानकारी दिइन् । 

गत वर्ष ६ देखि १० कक्षासम्म अध्ययरत किशोरीहरू र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचभीपी खोप अभियान सञ्चान गरिएको थियो ।

सुन्दर

Link copied successfully