दिउँसो लुगा सुकाउन छतमा गएका बेला चोरी
काठमाडौँ — काठमाडौंको बौद्धमा एउटा घरबाट कम्तीमा एक करोड रुपैयाँबराबरको गरगहना चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।
मंगलबार दिउँसो लुगा सुकाउन छतमा गएका बेला चोरी भएको भन्दै जानकारी आएपछि प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले बताए ।
‘लुगा सुकाउन गएका बेला चोरी भएको भन्ने सूचना आएपछि अनुसन्धानबाट प्रहरी वृत्त, बौद्धसहितको टोली खटिएको छ,’ उनले भने, ‘प्राविधिक जाँच गरेर अनुसन्धान गरिरहेका छौं ।’
घटनाको प्रकृति हेरेर अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि जाँचमा खटिएको छ । ‘सीसीटीभी लगायतका विवरण हेरेर अनुसन्धान गरिरहेका छौं, चाँडै निष्कर्ष निस्किएला,’ कार्यालयका एक अधिकृतले भने ।
