अनियमित पार्किङ गर्ने १५ रात्रीकालीन बस नियन्त्रणमा

ट्राफिक व्यवस्थालाई व्यवस्थित राख्न र यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिने उद्देश्यले जथाभावी पार्किङ बसहरूलाई कारबाही गरेको ट्राफिक कार्यालयले बताएको छ।

माघ २१, २०८२

कान्तिपुर संवाददाता

15 night buses caught parking illegally

काठमाडौँ — अनियमित पार्किङ गर्ने १५ रात्रीकालीन बस कारबाहीमा परेका छन् ।

बाटो इजाजतअनुसारको गन्तव्यसम्म नगई जथाभावी पार्किङ गरेर ट्राफिक व्यवस्थामा असर पुर्‍याउने १५ वटा रात्रीकालीन लामो रुटका बसहरूलाई बुधबार विशेष चेकिङका क्रममा विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । 

सुवेदीका अनुसार यस कसूरमा यातायात व्यवस्था ऐनअनुसार एक हजार देखि ५ हजारसम्म रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी व्यवस्था छ।   

ट्राफिक व्यवस्थालाई व्यवस्थित राख्न र यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिने उद्देश्यले जथाभावी पार्किङ  बसहरूलाई कारबाही गरेको ट्राफिक कार्यालयले बताएको छ।

कान्तिपुर

Link copied successfully