स्थानीय केन्द्रीय रक्त सञ्चार सेवा केन्द्र नेरेसोको भवनमा एक विशेष समारोह आयोजना गरी रक्तदाता दिवस मनाइएको हो । समारोहमा प्रमुख अतिथि उपप्राध्यापक त्रिवि बौद्ध अध्ययन विभागका भिक्षु आनन्द थिए ।
काठमाडौँ — नेपाल स्वयंसेवी रक्तदाता समाज, काठमाडौंले 'म रक्तदान गर्छु' मूल प्रतिबद्धताका साथ २०औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाएको छ ।
स्थानीय केन्द्रीय रक्त सञ्चार सेवा केन्द्र नेरेसोको भवनमा एक विशेष समारोह आयोजना गरी रक्तदाता दिवस मनाइएको हो । समारोहमा प्रमुख अतिथि उपप्राध्यापक त्रिवि बौद्ध अध्ययन विभागका भिक्षु आनन्द थिए ।
त्यसैगरी अतिथिहरूमा क्रमशः डा.विशेष पौडेल प्राविधिक सल्लाहकार नेपाल स्वयंसेवी रक्तदाता समाज, सूर्यकुमारी श्रेष्ठ, सदस्य नेरेसो तदर्थ समिति डा.अनिल भट्टराई, प्रमुख मनमोहन कार्डियो भाष्कुलर थोरासिक सेन्टर शिक्षण अस्पताल डा.कपेन्द्रशेखर अमात्य, डा.मनिता श्रेष्ठ राजकर्णीकार, केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रका निर्देशक पवनकुमार गुप्ता रहेका थिए ।
समारोहमा ब्रम्हटोल मिसा पुच:, ईभेण्ट सोलुशनका डा.घनश्याम खतिवडालाई प्रमुख अतिथिबाट धन्यवाद एवं कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो । त्यसैगरी आकस्मिक रूपमा रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई पनि कदरपत्र प्रदान गरिएको थियो ।
स्वयंसेवी रक्तदाताहरूलाई थप उत्प्रेरणा जगाउने मूल उद्देश्यले नयाँ रक्तदान जागरण गीतको पनि लोकार्पण गरिएको थियो । प्रेमसागर कर्माचार्यले रचना गरेको गीतमा स्वर नेपाल आयडल सिजन ५ का बिजयता करण परियार र नेपाल आयडल सिजन ६ का बिजयता गंगा सोनामले दिएका छन् । संगीत संयोजन जीवित जल्मीले गरेकी थिइन् ।
