नगदेशमा देखाइयो पुलुकिसी नाच

श्रीस्वस्थानी कथामा आधारित पात्र नवराजलाई हात्तीले फूलमाला पहिराई राजा बनाएको किंवदन्तीका आधारमा यो नाच देखाइन्छ ।

माघ १७, २०८२

सुन्दर शिल्पकार

Pulukisi dance performed in Nagdesh

भक्तपुर — भक्तपुरको मध्यपुर थिमिस्थित नगदेशमा ऐतिहासिक एवं सांस्कृृतिक महत्व बोकेको पुलुकिसी नाच देखाइएको छ ।

श्रीस्वस्थानी लोककथामा आधारित पात्र नवराजलाई हात्तीले फूलमाला पहिराई राजा बनाएको किंवदन्तीका आधारमा यो नाच देखाइएको हो । यो वर्ष नवराजको रुपमा स्थानीय जेनिश बाडेले पुलुकिसीमा चढेर यो नाच प्रर्दशनी गरेका छन् ।

त्यसैगरी, नाचको नागचाः मा श्रीजल बाडे, सहेलीद्वयमा चार्भी बाडे र दीप्सा उप रहेका छन् । 

परम्परागत बाजाको तालमा नाचिने यो नाच नगदेशको लाछीस्थित श्री सिद्धि गणेश मन्दिर प्रांगणमा भगवान् माधव नारायण ल्याएर विराजमान गराएपश्चात् नवराजद्वारा पूजा सुरु गरिन्छ । पूजा सकिएपछि साँझ पुलुकिसी नाच प्रर्दशनी गरी नगर परिक्रमा गराइएको थियो ।

सुन्दर शिल्पकार

Link copied successfully