नगदेशमा देखाइयो पुलुकिसी नाच

श्रीस्वस्थानी लोककथामा आधारित पात्र नवराजलाई हात्तीले फूलमाला पहिराई राजा बनाएको किम्बदन्तीको आधारमा यो नाच देखाइने चलन छ ।

माघ १६, २०८२

सुन्दर शिल्पकार

Pulukisi dance performed in Nagdesh

भक्तपुर — भक्तपुरको मध्यपुर थिमीस्थित नगदेशमा ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको पुलुकिसी नाच देखाइएको छ । श्रीस्वस्थानी लोककथामा आधारित पात्र नवराजलाई हात्तीले फूलमाला पहिराई राजा बनाएको किम्बदन्तीको आधारमा यो नाच देखाइने चलन छ ।

यो वर्ष नवराजको रुपमा स्थानीय जेनिश बाडेले पुलुकिसीमा चढेर यो नाच प्रदर्शनी गरे ।

त्यसैगरी, नाचको नागचाः मा श्रीजल बाडे, सहेलीद्वयमा चार्भी बाडे र दीप्सा उप रहेका छन् । परम्परागत बाजाको तालमा नाचिने यो नाच नगदेशको लाछीस्थित श्री सिद्धि गणेश मन्दिर प्रांगणमा भगवान् माधवनारायण ल्याएर विराजमान गराएपश्चात् नवराजद्वारा पूजा सुरु गरिन्छ ।

पूजा सकिएपछि साँझ पुलुकिसी नाच प्रदर्शनी गरी नगर परिक्रमा गराइएको थियो ।

Pulukisi dance performed in Nagdesh

सुन्दर

Link copied successfully