घटनामा आवश्यक अनुसन्धान भइरहेको र पकेट चोरी गर्ने व्यक्तिलाई थप कारबाहीको लागि प्रहरी प्रभाग कलंकीमा जिम्मा लगाइएको छ ।
काठमाडौँ — काठमाडौं, ट्राफिक प्रहरीले मापसे गरी सडकमा सुतेको अवस्थामा रहेका विजय नगरकोटीको पकेट चोरी गर्ने चोरलाई पक्राउ गरी लुटिएको ६८ हजार रुपैयाँ फिर्ता गरेको छ।
मंगलबार साँझ काठमाडौंको कलंकीनजिकको खड्कुले सडक खण्डको फुटपाथमा मदिरा सेवन गरी अचेत अवस्थामा रहेका नगरकोटीको पकेट खोलेर ६८ हजार रुपैयाँ चोरी भएको थियो ।
सोही क्रममा प्रहरी जवान कृष्णविर थ्याइटले चोरलाई तत्कालै लखेटी नियन्त्रणमा लिएका थिए । चोरबाट बरामद भएको रकम नगरकोटीको आफन्तलाई आज जिम्मा लगाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार सो घटनामा आवश्यक अनुसन्धान भइरहेको र पकेट चोरी गर्ने व्यक्तिलाई थप कारबाहीको लागि प्रहरी प्रभाग कलंकीमा जिम्मा लगाइएको छ ।
