प्रहरी, स्थानीयवासी तथा दमकलको सहायताले बिहान करिब ३:३० बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
भक्तपुर — भक्तपुरको सूर्यविनायक–९ स्थित भातेढिकुरमा गएराति आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
गएराति करिब १:५८ बजे भक्तपुर नगरपालिका–३ का रामकृष्ण शिल्पकारले सञ्चालन गर्दै आएको फर्निचर उद्योगमा विद्युत् तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सूटर्यबहादुर खड्काले जानकारी दिएको छ ।
आगलागी फैलिँदै सोही घरमा कोठा भाडामा लिई सुवास लिम्बूले सञ्चालन गरेको खाजा पसल तथा मैना तामाङले गलैचा बुन्न प्रयोग गर्दै आएको सटरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
प्रहरी, स्थानीयवासी तथा दमकलको सहायताले बिहान करिब ३:३० बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
