बाल सुधारगृहमा आगजनी र तोडफोड : सबै बालबिज्याइँकर्तालाई अन्यत्रै सारियो

उनीहरूलाई काठमाडौं र भक्तपुरका विभिन्न प्रहरी हिरासतका बाल निगरानी कक्षमा राखिने प्रहरीले जनाएको छ ।

माघ ९, २०८२

सुन्दर शिल्पकार

Arson and vandalism at juvenile correctional home: All juveniles transferred elsewhere

भक्तपुर — भक्तपुरको सानो थिमिस्थित बाल सुधारगृहमा हिजो राति झडप, आगजनी र तोडफोड भएपछि सबै बालबिज्याइँकर्तालाई स्थानान्तरण गरिएको छ ।

उनीहरुलाई काठमाडौं र भक्तपुरका विभिन्न प्रहरी हिरासतका बाल निगरानी कक्षमा राखिने प्रहरीले जनाएको छ । झडपपछि भएको आगजनी र तोडफोडपछि सुधारगृहभित्रका सबै संरचनामा क्षति पुगेका कारण बस्न सक्ने अवस्था नरहेपछि केही समयका लागि उनीहरुलाई सारिएको हो ।

झडपमा ८ जना बालबिज्याइँकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । गएराति पौने १० बजेदेखि भएको झडपमा २० जना प्रहरीसमेत घाइते भएका छन् । नेपाल कोरिया मैैत्री नगरपालिका अस्पतालमा उपचार गराएका ७ जना डिस्चार्ज भएका छन् भने एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Arson and vandalism at juvenile correctional home: All juveniles transferred elsewhere

प्रहरीका अनुसार केही बालबिज्याइँकर्ताले कुटपिट गरी घाइते बनाएर सुधारगृह तोडफोड गरी आगजनी गरेका थिए । गएराति नै दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो । प्रहरीले झडप नियन्त्रण गर्न खोज्दा सुधारगृहभित्रबाटै प्रहरीमाथि ढुंगामुडा भएको थियो ।

१ सय ६९ बालबिज्याइँकर्ता रहेको सुधारगृृहमा १८ वर्षभन्दा माथिका करिब ८४ जना रहेका प्रहरीले जनाएको छ । जसमा २४ जना बालिकासमेत रहेका छन् ।

सुन्दर

Link copied successfully