काठमाडौं नगर पञ्चायतका प्रधानपञ्च सिंहको निधन

सिंह २०३० सालदेखि २ वर्षका लागि काठमाडौं नगरपञ्चायतको प्रधानपञ्च बनेका थिए ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Kathmandu Nagar Panchayat President Panch Singh passes away

काठमाडौँ — तत्कालीन काठमाडौं नगर पञ्चायतका प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको निधन भएको छ । उनी २०३०-३२ सालका प्रधानपञ्च हुन् ।

पक्षाघात भएर लामो समयदेखि घरमै रहेका सिंहको हृदयाघातका कारण शनिबार निधन भएको हो । उनको पार्थिक शरीरलाई आज टेकुस्थित जम्बुदीपमा अन्तिम संस्कार गरिएको छ । 

२००२ सा साउन जन्मिएका सिंह २०२८ सालमा काठमाडौंको तत्कालीन वडा नं. ८ (अहिलेको २२) बाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । 

‘त्यसबेला काठमाडौँ नगर पञ्चायतमा २९ वटा वडा थिए । वडाबाट निर्वाचित अध्यक्षबाट प्रधानपञ्च चुन्ने प्रणाली थियो । यही प्रणालीबाट सिंह २०३० सालदेखि २ वर्षका लागि काठमाडौँ नगरपञ्चायतको प्रधानपञ्च हुनुभएको थियो,’ वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन भने ।

सिंहका श्रीमती, १ छोरा र २ छोरी छन् ।

कान्तिपुर

Link copied successfully