यसले उपत्यकाका १९ वटा खोलामा ८४ हजारभन्दा बढी घरधुरी प्रभावित हुने संघर्ष समितिको अनुमान छ।
काठमाडौँ — काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा थप २० मिटर खाली ठाउँ राख्नुपर्ने सर्वोच्च अदालतको फैसला र काठमाडौं महानगरपालिकाको सूचनाविरुद्ध स्थानीय बासिन्दाले बुधबार पनि प्रदर्शन गरेका छन्।
सरकारले २०६५ सालमा वागमती, विष्णुमती र मनोहरा नदीमा २० मिटर, धोबीखोलामा ९ मिटर, नक्खुमा १२ मिटर तथा अन्य खोलामा ४–१० मिटरसम्म मापदण्ड तोकेको थियो। त्यसैअनुसार धेरैले जग्गा छोडेर घर निर्माण गरेका थिए।
सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले २०८० पुस ३ गते गरेको फैसलामा बागमती र त्यसका सहायक नदीमा हाल कायम खुला क्षेत्रमा थप २० मिटर खाली राख्नुपर्ने र नदी किनारका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका बस्ती हटाउन भनिएको छ।
