पिकनिकबाट फर्किंदै गरेको बस काठमाडौंको शंखरापुरमा दुर्घटना

जर्सिङपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कंदै गरेको बा ४ ख ८७८८ नं. को महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेको हो ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

Bus returning from picnic meets with accident in Shankharapur, Kathmandu

काठमाडौँ — पिकनिकबाट फर्किंदै गरेको बस काठमाडौंको शंखरापुर नगरपालिका-३ फेदी जंगलमा बुधबार साँझ दुर्घटना भएको छ । 

जर्सिङपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कंदै गरेको बा ४ ख ८७८८ नं. को महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल  खसेको हो । घटनास्थलबाट सबै जनालाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । बस घटनास्थलमै रहेको छ । 

बसमा ४० जना जति सवार रहेको अनुमान अनुमान गरिएको छ । अहिलेसम्म मानवीय क्षतिको विवरण आइनसकेको एसपी सुवेदीले बताए । 

कान्तिपुर

Link copied successfully