'यूके पठाइदिन्छु' भन्दै ठग्ने गर्ने ३ जना पक्राउ

७ जनासँग १३ लाख र १ जनासँग ५ लाख उठाएर भएका थिए फरार

पुस २१, २०८२

कान्तिपुर संवाददाता

3 people arrested for defrauding by saying 'I will send you to the UK'

काठमाडौँ — वैदेशिक रोजगारीमा आकर्षक तलबको लोभ देखाइ ठग्ने पक्राउ परेका छन् । यूके पठाइदिन्छु भन्दै पैसा असुलेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ परेको हो ।

पक्राउ पर्नेहरूमा दाङ राप्ती गाउँपालिका-१ बस्ने प्यूठान, प्यूठान नगरपालिका-९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौं स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका-५ घर भएका ४० वर्षीय आइते तामाङ र काठमाडौं महानगरपालिका-१५ बस्ने ३४ वर्षीय विजय गुरूङ रहेका छन् । 

इन्द्र र आइतेले यूके पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट १३ लाख रूपैयाँ र विजयले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएपछि पीडितहरूले उजुरी गरेका थिए ।

त्यसैका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इन्द्र र आइतेलाई काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट बिहीबार तथा बिजयलाई काठमाडौं महानगरपालिका-१४ बाट आइतबार पक्राउ गरेको हो । 

इन्द्र र आइतेलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा विजयलाई वैदशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

कान्तिपुर

Link copied successfully