भक्तपुरको पोटरी स्क्वायरमा सडक महोत्सव सुरु

मौलिक उत्पादन र सीपलाई संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव शनिबार राति सम्पन्न हुन्छ ।

पुस ११, २०८२

रासस

Street festival begins at Pottery Square in Bhaktapur

भक्तपुर — भक्तपुरको पोटरी स्क्वायरमा शुक्रबारदेखि पोटरी स्क्वायरमा स्ट्रिट फेस्टिभल (सडक महोत्सव) सुरु भएको छ ।

एकीकृत हाकुज्या प्रजापति समाजले आजदेखि सुरु गरेको दुईदिने पोटरी स्क्वायर स्ट्रिट फेस्टिभलको  भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले माटोको भाँडा बनाएर उद्घाटन गरेका हुन् ।

भक्तपुरले भाषा, कला र संस्कृति बचाउन सकेमात्र आफ्नो पहिचान बचाउन सक्ने बताउँदै उनले माटोको भाँडा बनाउने पेसाजस्तै पुराना सीपहरू संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए । 

मौलिक उत्पादन र सीपलाई संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव शनिबार राति सम्पन्न हुन्छ । महोत्सवमा खाद्य, विभिन्न स्थानीय परिकारहरू, कृषि, माटाका भाँडाकुँडाहरूको स्टल तथा प्रदर्शनी, सांस्कृतिक नाच र सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको छ । रात्रिकालीन पर्यटनलाईसमेत प्रवर्द्धन गर्नेगरी सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको छ ।

रासस

Link copied successfully