भक्तपुरमा सहकर्मीको हत्या आरोपमा मजदुर पक्राउ

प्रहरीले सोमबार धनकुटाको सागुरीगढी गाँउपालिका-३ का २७ वर्षीय संजीब याखालाई पक्राउ गरेको हो।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

Worker arrested for murdering coworker in Bhaktapur

काठमाडौँ — भक्तपुरमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीले सोमबार धनकुटाको सागुरीगढी गाँउपालिका-३ का २७ वर्षीय संजीब याखालाई पक्राउ गरेको हो।

भक्तपुर नगरपालिका-३ वंशगोपाल डेगोपनास्थित साढे ३ तले घर निर्माणमा काम गर्ने याखाले आइतबार राति सँगै काम गर्ने साथी उदयपुरका ३४ वर्षीय पूर्ण ठकुरीलाई कुटपिट गरी हत्या गरेको प्रहरीको आरोप छ। ठकुरीको शव सोमबार बिहान ७ बजे सोही घरको भुँइतलामा फेला परेको थियो। 

राति साथीलाई कुटपिट गरी हत्या गरेका याखालाई सोमबार बिहान ८ बजे भक्तपुरको सल्लाघारीबाट पक्राउ गरिएको भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए। 

कान्तिपुर

Link copied successfully