काठमाडौंमा मिटरब्याज पीडित र भूमिहीनहरुको मार्च पास

सोमबार काठमाडौंको बल्खुदेखि सुरु भएको मार्च पास त्रिपुरेश्वर–शहिद गेट– शान्तीवाटिका पुगेर कोणसभामा परिणत भएको थियो ।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

March of meter-bill victims and landless people passes in Kathmandu

काठमाडौँ — मिटरब्याज, लघुवित्त तथा वित्तीय शोषण र भूमि असमानताविरुद्ध काठमाडौंमा सोमबार मार्च गरिएको छ ।

सोमबार बल्खुदेखि सुरु भएको मार्च पास त्रिपुरेश्वर–सहिद गेट– शान्त‍िवाटिका पुगेर कोणसभामा परिणत भएको थियो ।

March of meter-bill victims and landless people passes in Kathmandu

भूमि अधिकार आन्दोलन, लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको संयुक्त आयोजनामा भएको मार्चपासमा विभिन्न जिल्लाबाट पन्ध्र सयभन्दा बढी मानिसहरु आएको मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको सचिवालय सदस्य विकास कामीले जानकारी दिए । 

March of meter-bill victims and landless people passes in Kathmandu

‘तराईका जिल्ला पूर्व झापादेखि कञ्चनपुरसम्मका मानिसहरु आउनुभएको छ । काठमाडौंसहित गोरखा, तनहुँ, कास्की र लमजुङको गरेर १५ सय बढीको उपस्थिति रह्यो,’ कामीले भने,‘यो आन्दोलनमा आन्दोलनको जिल्ला कमिटी सदस्य रहनुभएको प्रतिनिधिमात्र आउनु भएको हो । कोणसभा सकेर आजै सरकारलाई ज्ञापन पत्र बुझाउने तयारी पनि छ । ’

March of meter-bill victims and landless people passes in Kathmandu

कोणसभालाई पीडितसहित जेन–जी अभियन्ताहरुलेसमेत सम्बोधन गरेका थिए । आयोजकले पीडितलाई न्याय दिनु पर्ने ठाउँमा प्रहरीले उल्टो पक्राउ गर्न थालेपछि मार्च पास गर्नुपरेको बताएको छ।   

March of meter-bill victims and landless people passes in Kathmandu

March of meter-bill victims and landless people passes in Kathmandu

March of meter-bill victims and landless people passes in Kathmandu

March of meter-bill victims and landless people passes in Kathmandu

कान्तिपुर

Link copied successfully