मूल्यसूची नराखेका २ रेस्टुरेन्टलाई ५० हजारको दरले जरिवाना

प्रिया स्वीट एन्ड चाट हाउस र आई क्याफे रेस्टुरेन्ट एन्ड बारलाई कारबाही

पुस ७, २०८२

कान्तिपुर संवाददाता

2 restaurants fined Rs. 50,000 for not maintaining price list

काठमाडौँ — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग तथा फर्मलाई ५० हजार रुपैयाँको दरले जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उत्पादकले प्रत्येक वस्तुको कारखाना मूल्य तथा बिक्रेताले बिक्री वितरण गर्ने प्रत्येक वस्तुको थोक वा खुद्रा मूल्यसूची राख्नुपर्ने व्यवस्था छ ।

उद्योग दर्ताको प्रमाणपत्र तथा व्यवसायको हकमा व्यवसाय दर्ता, इजाजतपत्र बिक्रीस्थलमा सर्वसाधारणले देख्ने गरी राख्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था पालना नगरेको भन्दै विभागले प्रिया स्वीट एन्ड चाट हाउस काठमाडौं महानगरपालिका–३ महाराजगञ्ज र आई क्याफे रेस्टुरेन्ट एन्ड बार टोखालाई ५० हजारको दरले जरिवाना गरेको हो । 

त्यसैगरी विभागले अन्य १४ वटा फर्मको अनुमगन गरी, निर्देशनात्मक कारबाही गरेको छ । विभागले पछिल्ला दिनमा बजार अनुमगनलाई तीव्र पारेको छ । बजारलाई स्वच्छ बनाउन, कालोबजारीको नियन्त्रण गर्न तथा अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउन क्रियाशिल भएको जनाएको छ । 

कान्तिपुर

Link copied successfully