ललितपुरमा गुपचुप हत्या गरेर भारत पुगे दुई अभियुक्त

ललितपुर महानगरपालिका–२४, धापाखेलमा ४६ वर्षीय इञ्जिनियर देव कुमारको हत्या भएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीले बताए ।

पुस ६, २०८२

कान्तिपुर संवाददाता

Two accused of committing a secret murder in Lalitpur reach India

काठमाडौँ — झण्डै दुई दशकदेखि नेपाल बस्दै आएका एक भारतीय इञ्जिनियरको ललितपुरमा हत्या भएको छ । 

ललितपुर महानगरपालिका–२४, धापाखेलमा ४६ वर्षीय इञ्जिनियर देव कुमारको हत्या भएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीले बताए । उनका अनुसार, कुमारको १९ कात्तिकमै धापाखेलमा निर्माणाधीन एक कोलोनीमा हत्या भए पनि ढिला गरी मात्र थाहा भएको थियो ।

‘पहिले पनि उहाँ कहिलेकाहीं बाहिरै बस्नु हुँदोरहेछ, ढिला गरी परिवारबाट खबर भयो,’ एसएसपी बोगटीले भने, ‘जतिबेला प्रहरीले अनुसन्धान थाल्यो, त्यसबेला आरोपी भागेर भारत गइसकेको खुल्यो ।’

घर निर्माण र डिजाइनको काम गर्ने उनीको हत्यामा सँगै काम गर्नेहरुकै संलग्नता आशंका गरिएको छ । ‘यो घटनाको अनुसन्धान हाम्रो प्राथमिकतामै छ,’ बोगटीले भने, ‘संलग्नको पहिचान भइसकेको छ, ढिलोचाँडो हो, आरोपी पक्राउ पर्छन् ।’ 

कान्तिपुर

Link copied successfully