पक्राउ पर्नेमा धनगढी–१२, कैलाली बस्ने २७ वर्षीय सन्दीप चन्द रहेको साइबर ब्युरोका एसपी दिपकराज अवस्थीले बताए ।
काठमाडौँ — सामाजिक सञ्जालमार्फत नाबालिगसँग कुराकानी गरेर ब्ल्याकमेल गरी चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी–१२, कैलाली बस्ने २७ वर्षीय सन्दीप चन्द रहेको साइबर ब्युरोका एसपी दिपकराज अवस्थीले बताए ।
प्रहरीका अनुसार, उनले नाबालिकलाई विभिन्न प्रलोभन, दबाब र प्रभावमा पारेर नग्न तस्वीर तथा भिडियो मागेका थिए ।
पछि थप अश्लिल गतिविधि नियमित गर्न लगाउँदा नाबालिगले नमानेपछि तस्बिर र भिडियो पीडितको विद्यालयका साथी र आफन्तलाई पठाइदिएको आरोप चन्दमाथि छ । त्यसबारे अनुसन्धान गर्ने क्रममा प्राविधिक विश्लेषणका आधारमा चन्दलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीमाथि थप अनुसन्धान गर्न अदालतले ५ दिन हिरासतमा राख्ने अनुमति दिएको छ ।
