भक्तपुरमा ३ दिने घरेलु उत्पादन मेला सुरु

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घरेलु उद्योगले स्थानीय उत्पादन प्रवर्धन गर्नुका साथै देशको आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको बताए ।

पुस ३, २०८२

सुन्दर शिल्पकार

3-day home-made products fair begins in Bhaktapur

What you should know

भक्तपुर — भक्तपुरमा बिहीबारबाट ३ दिने घरेलु उत्पादन तथा प्रवर्धन मेला सुरु भएको छ । 

भक्तपुर नगरपालिका-१ स्थित न पुखु परिसरमा मेला सुरु भएको हो । मेला उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु उद्योगहरुले देशका धेरै युवाहरुलाई रोजगारी प्रदान गरिरहेको भन्दै घरेलु उत्पादनहरु विश्व बजारमा पुर्‍याउन संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घरेलु उद्योगले स्थानीय उत्पादन प्रवर्धन गर्नुका साथै देशको आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठले उद्यमीहरुको उद्यम प्रवर्धनमा उद्यमीहरु नै संगठित हुनुपर्ने भन्दै स्थानीय सरकारको साथ र सहयोगले मात्र भक्तपुर घरेलु उद्योगहरु सञ्चालनमा सहजता मिल्ने बताए ।

3-day home-made products fair begins in Bhaktapur

कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुख रामप्रसाद कुस्माले उद्योग खोल्नुभन्दा पनि ऋण लिन र छोराछोरीलाई विदेश पठाउनका लागि मात्रै 'देखाउने उद्योग' खोल्नेको संख्या बढेकोप्रति चिन्ता व्यक्त गरे । यसले नेपालमै बसेर केही गर्न खोज्ने उद्योगी मारमा परेको उनको भनाइ  छ। 

भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजना तथा उद्योग तथा वाणिज्य कार्यालयको सहकार्यमा आयोजित मेलामा ४८ वटा घरेलु उत्पादनका सामग्रीका स्थलहरु राखिएका छन् । 

मेलामा हस्तकाला, काष्ठकला, नेपाली कपडा, जुजु धौ, नेपाली तोरीको तेल, भादगाउँले टोपी, धातुकला, जडिबुटी, च्याउका परिकार, चाकु, नर्सरी, बोटर आर्ट, नेवारी खाना समेवजी, यो:मरी, चतामरी, वोः नेवारी लाखमरी, सेरामिक्स लगायतका ४८ वटा स्टल रहेको घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले जनाकारी दिएका छन् । 

मेला पुस ५ गतेसम्म चल्ने छ ।

3-day home-made products fair begins in Bhaktapur

सुन्दर

Link copied successfully