विद्यार्थीको कपाल जथाभावी नकाटिदिन विद्यालयलाई काठमाडौं महानगरको सर्कुलर

जथाभावी कपाड मुन्डन गर्दा छात्रलाई मनोवैज्ञानिक असर पुगेको भनी जनगुनासो प्राप्त भएको सर्कुलरमा उल्लेख छ ।

पुस २, २०८२

कान्तिपुर संवाददाता

Kathmandu Metropolitan City issues circular to schools not to cut students' hair indiscriminately

काठमाडौँ — काठमाडौं महानगरपालिकाले छात्रहरुको कपाल जथाभावी नकाट्न (मुन्डन नगर्न) विद्यालयहरूलाई सचेत गराएको छ । बुधबार महानगरको शिक्षा विभागले सामुदायिक र संस्थागत (निजी) विद्यालयलाई सर्कुलर जारी गर्दै शारीरिक र मानसिक यातना हुने क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

विभागमा निमित्त प्रमुख केशव ज्ञवालीले महानगरभित्रका विद्यालयले कपाल लामो भएको भनि जथाभावी मुन्डन गरिदिने गरेको गुनासो प्राप्त भएको जनाएका छन । जथाभावी कपाड मुन्डन गर्दा छात्रलाई मनोवैज्ञानिक असर पुगेको भनी जनगुनासो प्राप्त भएको सर्कुलरमा उल्लेख छ ।

महानगरले विद्यालय व्यवस्थापन समितिले विद्यार्थीले पालना गर्ने आचारसंहिता बनाएर लागू गर्न सक्ने शिक्षा नियमावली २०५९ को व्यवस्था भए पनि विद्यार्थीलाई शारीरिक र मानसिक यातना दिन नहुने नियमावलीको व्यवस्थासमेत जानकारी गराएको छ ।

‘विद्यार्थीलाई शारीरिक र मानसिक यातना नहुने गरी आचारसंहिता पालना गर्न गराउनु हुन अनुरोध छ,’ सर्कुलरमा भनिएको छ ।

कान्तिपुर

Link copied successfully