नेपाल प्रहरीले काठमाडौं महानगरपालिकाका दुई वटा दमकलको सहायतामा आगो नियन्त्रणमा लिएको थियो ।
काठमाडौँ — काठमाडौँको ठमेलस्थित एक निर्माणाधीन रेस्टुरेन्टमा आगलागी भएको छ ।
काठमाडौँ महानगरपालिका–२६ ठमेल बुधबारे गल्लीस्थित निर्माणाधीन ‘वर्क इट पप’ रेस्टुरेन्टमा आज बिहान १०ः३० बजे आगलागी भएको प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले जानकारी दिए ।
उनका अनुसार विद्युत् सर्ट भएर लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा लिन नेपाल प्रहरीले काठमाडौँ महानगरपालिकाका दुई वटा दमकलको सहायता लिएको थियो ।
अहिले आगो पूर्ण रूपमा नियन्त्रणमा आएको वृत्त प्रमुख भण्डारीले बताए । आगलागीबाट केकति क्षति भयो भन्नेबारेमा प्रहरीले विवरण सङ्कलन गरिरहेको छ ।
