भक्तपुरमा योमरी उत्सव

भक्तपुर नगरपालिकाको आयोजनामा शनिबार दत्तात्रयमा भएको योमरी उत्सव तथा प्रतियोगितामा विभिन्न ६८ वटा समूहले थरिथरिका योमरी प्रदर्शनी गरेका थिए ।

मंसिर २०, २०८२

सुन्दर शिल्पकार

Yomari festival in Bhaktapur

भक्तपुर — भक्तपुरमा नेवारी मौलिक परिकार योमरी उत्सव तथा प्रतियोगिता सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा शनिबार दत्तात्रयमा भएको योमरी उत्सव तथा प्रतियोगितामा विभिन्न ६८ वटा समूहले थरिथरिका योमरी प्रदर्शनी गरेका थिए ।

त्यस अवसरमा भक्तपुरका वडा नम्बर ८, ९ र १० का विभिन्न टोलहरुमा खाना तथा स्थानीय उत्पादनको प्रदर्शनीसमेत गरिएको थियो भने सूर्यमढीमा सांस्कृतिक कार्यक्रम आयोजना गरी परम्परागत नाच देखाइएको थियो । 

महोत्सव उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नगरपालिकाले आयोजना गरेको सांस्कृतिक गतिविधिले भक्तपुरको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । 

नेमकिपा बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले योमरी उत्सवले भक्तपुरको सम्पन्नतालाई उजागर गरेको भन्दै योमरी सम्पन्नता, सभ्यता, प्रेम, संस्कृति, हर्ष उल्लास र विज्ञानको प्रतीक भएको बताए । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आन्तरिक र बाह्य पर्यटन प्रवर्धनका लागि नगरपालिकाले योमरी उत्सवलाई प्रतियोगिताको रुपमा सञ्चालन गरी सबैलाई मौलिकता प्रदर्शन गर्ने अवसर दिएको बताए । भक्तपुर नगरपालिकाले यहाँको मूर्त र अमूर्त सम्पदाहरूको महत्त्व नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले नगरभित्र सञ्चालित सबै विद्यालयहरूमा स्थानीय पाठ्यक्रममार्फत अध्ययन/अध्यापन गराइरहेको उनले बताए । 

Yomari festival in Bhaktapur

सुन्दर

Link copied successfully