काठमाडौंमा कारको ठक्करबाट एकको मृत्यु, ट्राफिक प्रहरीसहित दुई घाइते

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मंगलबार अपराह्न ‘डिउटी’मा रहेका ट्राफिक प्रहरीसहित एक पैदलयात्रीलाई बा प्र ०१–०३० च २३४८ नम्बरको इभी कारले ठक्कर दिएको थियो ।

मंसिर १६, २०८२

रासस

One killed, two injured, including traffic policeman, in Kathmandu car accident

काठमाडौँ — काठमाडौंको केशरमहलस्थित सडकमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा प्रहरीसहित दुई जना घाइते भएका छन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मंगलबार अपराह्न ‘डिउटी’मा रहेका ट्राफिक प्रहरीसहित एक पैदलयात्रीलाई बा प्र ०१–०३० च २३४८ नम्बरको इभी कारले ठक्कर दिएको थियो । 

दुर्घटनामा पहिचान नखुलेका एक पुरुष पैदलयात्रीको मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनामा घाइते उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी हवल्दार परशुराम ठाकुर र कार चालक सुरेशराज कालिका घाइते भएका छन् । कार दुई जनालाई ठक्कर दिएर नजिकैको पर्खालमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

रासस

Link copied successfully