मेयर बालेनलाई पितृशोक

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा सोमबार उनको निधन भएको हो ।

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

Mayor Balen mourns his father's death

काठमाडौँ — काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) शाहलाई  पितृशोक परेको छ । उनका बुबा रामनारायण शाहको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा सोमबार निधन भएको हो ।

प्रधानमन्त्री सुशीला कार्की पनि अस्पताल पुगेकी थिइन् ।

शाह पेसाले आयुर्वेद चिकित्सक हुन् । उनी काठमाडौंको नरदेवीस्थित आयुर्वेदिक अस्पतालमा काम गर्थे । लामो समय त्यहाँ काम गरेपछि उनी सिंहदरबारस्थित वैद्यखाना सरुवा भएका थिए ।

कान्तिपुर

Link copied successfully