क्रिप्टो करेन्सीको कारोबारमा संलग्न दुई जना पक्राउ

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ का ३६ वर्षीय विशाल डंगोल तथा मोरङको मिक्लाजुङ गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलंकी बस्ने ४५ वर्षीय उमेश श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

मंसिर १४, २०८२

रासस

Two arrested for cryptocurrency trading

What you should know

काठमाडौँ — जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ७४ लाख ५२ हजार रुपैयाँ अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ का ३६ वर्षीय विशाल डंगोल तथा मोरङको मिक्लाजुङ गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलंकी बस्ने ४५ वर्षीय उमेश श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार शनिबार काठमाडौँ महानगरपालिका–१० बिजुली बजारस्थित केही व्यक्तिले क्रिप्टो करेन्सीको कारोबार गरिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

प्रहरीले उनीहरुका साथबाट क्रिप्टो मुद्राको कारोबार गर्न प्रयोग भएको विभिन्न कम्पनीका मोबाइल फोन पाँच थान बरामद गरेको छ । पक्राउ परेकाहरुले क्रिप्टो मुद्रा कारोबार गरेको देखिएकाले निजहरु उपर अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।

बिचौलियाको काम गर्ने तीन जना पक्राउ

राहदानी बनाई दिने भन्दै बिचौलियाको काम गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको बित्थडचिर गाउँपालिका–६ घर भई हाल काठमाडौँ कीर्तिपुर बस्ने १९ वर्षीय हेमन्तसिंह ओखेडा, काठमाडौँ महानगरपालिका–१८ बस्ने ४५ वर्षीय मनराज श्रेष्ठ तथा प्यूठानको प्यूठान नगरपालिका बस्ने ३० वर्षीय दीपेश केएम रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

राहदानी विभाग त्रिपुरेश्वरको मूलगेटबाहिर सेवाग्राहीलाई राहदानी छिटोछरितो बनाइदिने भन्दै विभिन्न प्रलोभन देखाई अतिरिक्त रकम लिई दुःख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीको कामकारबाहीमा अवरोध पुर्‍याउने कार्य गरेको पाइएकाले तीनै जनालाई पक्राउ गरिएको प्रवक्ता आचार्यले बताए ।

रासस

Link copied successfully