'फोटो नेपाल'को सयौं संस्करण सुरु

सुष्मा आर्ट ग्यालरीसँगको सहकार्यमा नेपाल पर्यटन बोर्डको भृकुटीमण्डप परिसरमा अन्तर्राष्ट्रिय समूह चित्रकला प्रदर्शनी आयोजना गरिएको हो ।

मंसिर १२, २०८२

कान्तिपुर संवाददाता

100th edition of 'Photo Nepal' begins

What you should know

काठमाडौँ — नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले शुक्रबार बोर्डको दृश्य–संवाद अभियान #फोटोनेपालको १००औँ संस्करण क्यानभासमा कलाकृति सिर्जना गरेर उद्घाटन गरेका छन् । यस पहलले नेपाल र विश्वभरका कलाकार, फोटोग्राफर र दर्शकहरूलाई दृश्य, कथाकथन र सांस्कृतिक अभिव्यक्तिबाट जोडेको बताइएको छ ।

सुष्मा आर्ट ग्यालरीसँगको सहकार्यमा बोर्डले आजदेखि सुरु भई आइतबारसम्म चल्ने भृकुटीमण्डप परिसरमा #फोटोनेपाल अन्तर्राष्ट्रिय समूह चित्रकला प्रदर्शनी आयोजना गरेको हो। यस संस्करणमा ४५ भन्दा बढी नेपाली कलाकारहरूसहित, रसिया, अमेरिका, बेलायत, जापान, भारत, बंगलादेश र घाना लगायतका अन्तर्राष्ट्रिय सहभागीहरू समावेश छन्।

उनीहरूको विविध कलाकृतिहरू नेपाली संस्कृति, प्राकृतिक दृश्य, आध्यात्मिकता, सहरी परिवर्तन र समसामयिकतामा आधारित छन् । यसले नेपाललाई कला पर्यटनको उदीयमान केन्द्रको रूपमा स्थापित गर्न थप योगदान पुर्‍याउँछ । प्रदर्शनीबिहान १०.३० देखि साँझ ४.३० बजेसम्म सर्वसाधारणका लागि खुला हुनेछ ।

100th edition of 'Photo Nepal' begins

साथै बोर्डले एक डिजिटल फोटो पोर्टल #फोटोनेपाल पनि सञ्चालन गरिरहेको छ जनाएको छ । जहाँ नेपालका सुन्दरताहरू र विविधतालाई प्रतिबिम्बित गर्ने तस्वीरहरू अपलोड र हेर्न सकिन्छ । हालसम्म यो प्लाटफर्ममा ११,००० भन्दा बढी सदस्यहरुका २५,००० भन्दा बढी तस्बिरहरू रहेका छन्, जसले नेपालको प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा, समुदाय र भावनाहरू सामूहिक रूपमा चित्रित गरेको छ।

प्रसिद्ध स्विस भूवैज्ञानीक डा. टोनी हेगनको फोटोग्राफी प्रदर्शनीसँगै फेब्रुअरी २०१६ मा सुरु भएको #फोटोनेपाल अभियानले नियमित प्रदर्शनीहरूमार्फत नेपालका प्राकृतिक, सांस्कृतिक र मानव आयामहरू विश्वसामू प्रस्तुत गरेर निरन्तर आफ्नो अभियान जारी राख्दै आएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully