नयाँ प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको भवनको शुक्रबार टेलर्स युनिभर्सिटी मलेसियाका उपकुलपति बेरी विनले उद्घाटन गरेका थिए ।
What you should know
काठमाडौँ — आईआईएमएस कलेजले नक्सालस्थित भगवतीबहालमा सुविधासम्पन्न भवनबाट शैक्षिक गतिविधि सुरु गरेको छ ।
नयाँ प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको भवनको शुक्रबार टेलर्स युनिभर्सिटी मलेसियाका उपकुलपति बेरी विनले उद्घाटन गरेका थिए । उनीसँगै मलेसियाबाट कलेजका सहायक उपकुलपति एन्जी सोक पिंग, कार्यकारी डीन नीथैया अर्य राघवन र चोंग सिओंग चोयको पनि कार्यक्रममा उपस्थित थिए ।
नेपालमा शिक्षा प्रणालीलाई नयाँ उच्चाइामा पुर्याउने उद्देश्यसहित साढे १० रोपनी जमिनमा कलेजले एभरेस्ट र इनोभेसन नामको दुई छुट्टाछुट्टै ब्लगसहितको भवन निर्माण गरेको छ । कलेजका एकेडेमी डाईरेक्टर बिराट सिंह वोस्वाका अनुसार भनवनमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको कक्षाकोठा, प्रयोगशाला, बैठक कक्ष, शौचालयसहित आफ्नै रुफटप लर्निङ टेरल, क्याफे र ब्याकोट होटलको समेत निर्माण गरेको छ । भवनमा ३० वटा कक्षाहरु छन् । जसको क्षमता २ हजार विद्यार्थीसम्म एकै पटक पठाउन सक्ने क्षमता रहेको वोस्वाले जानकारी दिए ।
२०१० मा अन्तर्राष्ट्रिय विश्वविद्यालय टेलर्सको साझेदारी पुतलीसडकमा स्थापना भएको आईआईएमएस कलेजले नयाँ भवन र प्रविधिसँगै आफू आईआईएमएस २.० भएको बताएको छ । यस कलेजको साझेदार विश्वविद्यालय टेलर्स दक्षिणपूर्व एसियाको अग्रणी निजी विश्वविद्यालयमध्ये क्यूएस वर्ल्ड र्याकिङमा २५३औं स्थानमा रहेको तथा विश्वको १ प्रतिशत विश्वविद्यालयमध्ये सूचीकृत प्रतिष्ठित संस्था हो ।
आईआईएमएस कलेजका मुख्य कार्यकारी अधिकृत (सीईओ) सविन्द्र महर्जनले आईआईएमएस २.० एउटा भवन मात्र नभई नेपालको भविष्यप्रति गरिएको प्रतिबद्धता रहेको बताए । उनका अनुसार नेपालमानै विश्वस्तरीय शैक्षिक वातावरण सिर्जना गर्नु कलेजको उद्देश्य हो ।
प्रमुख अतिथि उपकुलपति विनले नयाँ आधुनिक र सुविधासम्पन्न भवनले अन्तर्राष्ट्रिय शिक्षामा महत्त्वपूर्ण माइलस्टोनमा पुगेको बताए । ‘हाम्रो सहकार्यले नेपालका विद्यार्थीलाई भौगोलिक सीमाभन्दा माथि उठेर गुणस्तरीय शिक्षा प्रदान हुँदै आएको छ । नयाँ संरचनाले थप सहयोग पुग्ने छ,’ उनले भने,‘ यो सहकार्यले नेपालका विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा र गुणस्तर वृद्धिमा सशक्त बनाउने छ । ’
नयाँ भवनको शुभारम्भको अवसरमा नेवाः संस्कृतिअनुसार बाध्यवादनसहित अतिथिको स्वागत गरिएको थियो भने विद्यार्थीहरुले आफूले अध्ययनको क्रममा निर्माण गरेको परियोजनाहरुको प्रदर्शनसमेत गरेका थिए ।
यस कलेजले ब्याचलर अफ कम्प्युटर साइन्स (बीसीएस), ब्याचलर अफ इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट (बीआईएचएम) र ब्याचलर अफ विजनेस (बीएस) अध्यापन हुँदै आएको उनले बताए । कलेजले एमबीएको कार्यक्रमसमेत सुरु गर्ने विषयमा अध्ययन भइरहेको जनाएको छ ।
