२० करोड बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा युवक पक्राउ

उनको साथबाट अवैध अभौतिक मुद्राको कारोबार गर्न प्रयोग भएको २ मोबाइल पनि प्रहरीले बरामद गरेको छ ।

मंसिर ११, २०८२

कान्तिपुर संवाददाता

Youth arrested for allegedly trading cryptocurrency worth Rs. 200 million

काठमाडौँ — १९ करोड ८१ लाख रुपैयाँभन्दा बढी बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं–१५, डल्लुका मोहम्मद सफे छन् । 

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार उनलाई अवैध अभौतिक मुद्राको कारोबार गर्न प्रयोग भएको २ मोबाइलसहित पक्राउ गरिएको छ । 

विशेष सूचनाका आधारमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर अदालतबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको उनले बताए ।

कान्तिपुर

Link copied successfully