ढुंगेललाई उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले काठमाडौंबाट बुधबार पक्राउ गरेको हो ।
काठमाडौँ — जेन-जी आन्दोलनको क्रममा सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेल पक्राउ परेका छन् ।
ढुंगेललाई उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले काठमाडौंबाट बुधबार पक्राउ गरेको हो । गत भदौ २४ गते प्रदर्शनका क्रममा सर्वोच्च अदालत जलाइएको थियो ।
सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा चार जनामाथि प्रहरीले अनुसन्धान थालेको थियो ।
यसअघि पक्राउ पर्नेमा एलेक्स भनिने कुमार पराजुली, ब्राउन भनिने सुशील श्रेष्ठ र ज्याती थापा घतानी छन् । एलेक्समाथि प्रहरी वृत्त, बानेश्वर तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ गरेर छानबिन भइरहेका बेला सर्वोच्च अदालतको आगजनीमा समेत उनी संलग्न भएको खुलेको हो ।
