ठमेलमा पर्यटकलाई हैरानी दिएको आरोपमा १३ जना पक्राउ

प्रहरीका अनुसार, उनीहरुले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्नेलगायतका क्रियाकलापमा संलग्न गराउने जस्ता काम गरिरहेका थिए ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

13 people arrested for harassing tourists in Thamel

काठमाडौँ — ठमेलमा पर्यटकहरुलाई हैरानी दिएको आरोपमा १३ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले मातहतको प्रहरी वृत्त, लैनचौर र ठमेल पर्यटन विकास परिषद्का पदाधिकारीसहित गरेको अनुगमनका क्रममा उनीहरु पक्राउ परेको एसएसपी रमेश थापाले बताए । ‘पक्राउ परेकाहरुविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट चार दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ,’ उनले भने ।

प्रहरीका अनुसार, उनीहरुले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराउने जस्ता काम गरिरहेका थिए ।

उनीहरुविरुद्ध अनुसन्धान गर्न ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको छ ।

कान्तिपुर

Link copied successfully