उपत्यका प्रहरी प्रमुखमा कार्की, कोशीमा घिमिरे

एक साताअघि डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस भएका ईश्वर कार्कीलाई मन्त्रिपरिषद्‌ले बढुवा गर्ने निर्णय गरेको हो । 

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

Karki as Valley Police Chief, Ghimire as Koshi Police Chief

काठमाडौँ — मन्त्रिपरिषद्‌ले ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ । एक साताअघि डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस भएका उनलाई बढुवा गर्ने निर्णय भएको हो । 

बढुवाको निर्णयसँगै उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानपोखरीको प्रमुखका रुपमा जिम्मेवारी दिइएको छ । कार्यालयको नेतृत्वमा रहेका एआईजी दानबहादुर कार्की आईजीपीमा बढुवा भएपछि उपत्यका प्रहरीको निमित्त प्रमुखको जिम्मेवारीमा ओमप्रसाद अधिकारी थिए । 

यसैबीच, कार्की बढुवा भएको कोशी प्रदेश प्रहरी कार्यालयको नेतृत्वमा डीआईजी विनोद घिमिरेलाई पठाउने निर्णय गृह मन्त्रालयले गरेको छ ।

कान्तिपुर

Link copied successfully