जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाका अनुसार, तीन जनालाई प्रहरीले हालै पक्राउ गरेको छ भने एकजना पहिल्यै अपराधिक उपद्रवको कसुरमा केन्द्रीय कारागारको थुनामा छन् ।
काठमाडौँ — सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा चार जनामाथि प्रहरीले अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाका अनुसार, तीन जनालाई प्रहरीले हालै पक्राउ गरेको छ भने एकजना पहिल्यै अपराधिक उपद्रवको कसुरमा केन्द्रीय कारागारको थुनामा छन् ।
पक्राउ पर्ने थपमा एलेक्स भनिने कुमार पराजुली, ब्राउन भनिने सुशील श्रेष्ठ र ज्याती थापा घतानी छन् । एलेक्समाथि प्रहरी वृत्त, बानेश्वरको तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ गरेर छानबिन भइरहेका बेला सर्वोच्च अदालतको आगजनीमा समेत उनी संलग्न भएको खुलेको हो ।
परियारलाई सिंहदरबारमा प्रहरीको हतियार तोकेर हिँडेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध प्रहरीले पहिल्यै ८ पटक मुद्दा चलाइरहेको खुलेको थियो ।
आगजनीमा संलग्नविरुद्ध अनुसन्धान गर्न भन्दै सर्वोच्च अदालतले केहीअघि प्रहरीमा जाहेरी दिएको थियो ।