मन्त्री घिसिङद्वारा बागमती ‘करिडोर’ क्षेत्रको ढल व्यवस्थापन र सडक स्तरोन्नतिबारे निरीक्षण

शनिबार मन्त्री घिसिङको नेतृत्वमा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा, गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाललगायतले गुहेश्वरीदेखि सुन्दरीजल क्षेत्रसम्मको नदी करिडोर र सडक स्तरोन्नतिबारे जानकारी लिएका हुन् ।

कार्तिक २९, २०८२

कान्तिपुर संवाददाता

Minister Ghising inspects sewage management and road upgrading in Bagmati 'Corridor' area

काठमाडौँ — सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँको पूर्वीक्षेत्रस्थित बागमती नदी करिडोर क्षेत्रको फोहरमैला व्यवस्थापन र सडक मर्मतबारे निरीक्षण गरेका छन् ।

शनिबार उनको नेतृत्वमा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा, गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाललगायतले गुहेश्वरीदेखि  सुन्दरीजल क्षेत्रसम्मको नदी करिडोर र सडक स्तरोन्नतिबारे जानकारी लिएका हुन् ।

मन्त्री घिसिङले बागमती नदी करिडोरमा देखिएको ढल व्यवस्थापन र सडक स्तरोन्नतिको समस्या तत्काल समाधान गरिने बताए । उनले काठमाडौँ उपत्यकाका नदी करिडोर क्षेत्रमा सडक विभाग, काठमाडौँ उपत्यकाका विकास प्राधिरकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबीच सडक निर्माण तथा मर्मतसम्भारमा देखिएको समन्वयको समस्यालाई छिट्टै समाधान गरिने प्रतिबद्धता जनाए ।

चावहिल—सुन्दरीजल सडक बिस्तारका लागि बाँकी पुलको निर्माण तत्काल अगाडि बढाउन उनले आग्रह गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully