काठमाडौंबाट चार चिनियाँ नागरिक पक्राउ

अध्यागमन विभागले एक महिलासहित ३ जना पुरुषलाई पक्राउ गरेको अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले बताए ।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

Four Chinese nationals arrested from Kathmandu

काठमाडौँ — काठमाडौंको म्हेपीमा शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

अध्यागमन विभागले एक महिलासहित ३ जना पुरुषलाई पक्राउ गरेको अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले बताए । त्यहाँ केही किशोरीहरुलाई राखेर उनीहरुले अवैध गतिविधि गर्ने गरेको सूचना विभागसम्म पुगेको थियो । त्यसपछि खटिएको विभागको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामध्ये दुई जनाको साथमा आवश्यक कागजात भेटिएको छैन भने दुईजनाको राहदानीसमेत प्रहरीले बरामद गरेको छ । ‘आइतबार थप अनुसन्धानका लागि म्याद थप गरेर विस्तृत जाँच थाल्छौं,’ प्रवक्ता ढकालले भने । 

कान्तिपुर

Link copied successfully