बानेश्वर वृत्तमा तोडफोड, आगजनी र हतियार लुटपाट गरेको आरोपमा पक्राउ परेका युवाको कोठामा भेटियो ग्यास गनसेल

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार सिराहा नगरपालिका–४ का २२ वर्षीय सेख सिद्धिकी पक्राउ परेका हुन् ।

कार्तिक २४, २०८२

कान्तिपुर संवाददाता

Gas gun found in room of youth arrested on charges of vandalism, arson, and weapons theft in Baneshwor Circle

काठमाडौँ — भदौ २४ गतेको प्रदर्शनका क्रममा प्रहरी वृत्त बानेश्वरको भवन तोडफोड, आगजनी, हातहतियार लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहारको घटनामा संलग्न एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार सिराहा नगरपालिका वडा नम्बर ४ का २२ वर्षीय सेख सिद्धिकी पक्राउ परेका हुन् । उनी हाल काठमाडौं–३१ आलोकनगर बस्दै आएका थिए । प्रहरीले उनको कोठा खानतलासी गर्दा ग्यास गनको २ वटा सेलसमेत बरामद गरेको थियो । 

आपराधिक उपद्रव गर्न नहुने र हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंको अनुमति लिएर उनीविरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सूचना अधिकारी भट्टराईका अनुसार उक्त दिन प्रदर्शनको नाममा तोडफोड, आगजनी, हातहतियार लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गर्नेहरु माथि  खोजी तीव्र पारिएको छ ।  

कान्तिपुर

Link copied successfully