प्रहरी चौकी आगजनीको आरोपमा ३ जना पक्राउ

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कार्तिक २४, २०८२

सुन्दर शिल्पकार

3 arrested on charges of arson at police station

भक्तपुर — भदौ २४ गते प्रदर्शनका क्रममा प्रहरी चौकी खरिपाटी र प्रहरी वृत्त जगातीमा तोडफोड तथा आगजनी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका-८ जगातीस्थित रहेको प्रहरी वृत्त जगाती, चाँगुनारायण नगरपालिका-७ स्थित प्रहरी प्रभाग खरिपाटी तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी प्रकाश जगेबुले जानकारी दिए  ।

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका-९ पलासे बस्ने २८ वर्षीय सुदीप घिमिरे, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका ३ का २६ वर्षीय छेकु लामा र चाँगुनारायण नगरपालिका ६ खरीपाटीका ४६ वर्षीय सुरेश बास्तोलालाई पक्राउ गरिएको डीएसपी  जगेबुले जानकारी दिएका छन् । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सुन्दर शिल्पकार

Link copied successfully